Skip to content
LAXMI SUNRISE BANK

आँशुले धानेको देश: २५.३ प्रतिशतले बढ्यो रेमिट्यान्स, ६ महिनामा भित्रियो सात खर्ब २६ अर्ब रुपैयाँ !

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक बर्ष २०८०-८१ को पछिल्लो ६ महिनामा  सात खर्ब ३३ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो बर्षको सोहि अवधिको तुलनामा २५.३ प्रतिशतले रेमिट्यान्स बढेको हो । गत वर्षको यही अवधिमा पाँच खर्ब ८५ अर्ब रूपैयाँ रेमिटेन्स नेपाल भित्रिएको थियो ।
राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा बैदेशिक रोजगारीमा जानेको संख्या भने १८ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार गत वर्षको यहि अवधिमा श्रम स्वीकृति लिनेको संख्या ४ लाख १८ हजार थियो भने चालु आर्थिक वर्षको यो अवधिमा ३ लाख ४३ हजारले यस्तो स्वीकृति लिएका छन् । यो दुवै तथ्यांकमा नयाँ श्रम स्वीकृति लिने र पूरानो श्रम स्वीकृति नवीकरण गर्नेको संख्या जोडिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षभरीमा वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले उनीहरुले पठाएको रेमिट्यान्सका कारण नेपाल भित्रने रकमको दर बढेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK