काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१५ कम्पनीको ७६ लाख २४ हजार ३ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५९ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३३ करोड ७६ लाख २ हजार ४ सय ७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो। यस अलवा गुराँस लघुवित्त वित्तीय संस्था, युनाईटेड अजोड, दोर्दी खोला जल विद्युत, लक्ष्मी उन्नति कोष र ९.५% एनसीसी डेबेञ्चर २०८६ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३३ करोड ७६ लाख २ हजार ४ सय ७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा माउनटेन इनर्जी नेपाल, नेपाल रिइन्स्योरेन्स कम्पनी, नेपाल दूरसंचार कम्पनी, हाथवे इन्भेस्टमेन्ट र ङ्गादि ग्रुप पावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा समलिंग पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । समलिंग पावरमा यस्तो गिरावट आउँदा नेपाल दूरसंचार कम्पनी, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, सानिमा ग्रोथ फण्ड र मिड-सोलु हाइड्रोपावर लिमिटेड मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्