काठमाडौँ । नेपालमा विदेशी पर्यटकले गर्ने खर्च भन्दा अध्ययनका लागि विदेश जाने नेपालीले गर्ने खर्च धेरै रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना (पुषसम्म)को रिपोर्टअनुसार नेपालमा विदेशी पर्यटकले गर्ने खर्च भन्दा नेपाली विद्यार्थीले विदेश जाँदा खर्चने रकम धेरै रहेको देखिएको हो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा भ्रमण आय ३९ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । जबकी सोही अवधिमा भ्रमण व्यय भने ९२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
नेपालको भ्रमण व्यय अन्तर्गत उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपालीहरुको खर्च मात्रै ५८ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकको रिपोर्टअनुसार गत वर्षको सोही अवधिमा नेपालको भ्रमण व्यय ५७ अर्ब ८२ करोड रहेकोमा शिक्षातर्फको खर्च ३५ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको ६ महिनामा नेपालको भ्रमण आय २७ अर्ब ४० करोड रहेको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा ४४.४ प्रतिशत कम हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्