Skip to content
LAXMI SUNRISE BANK

बुधबार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६०० रुपैयाँले बढेर एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ६०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १३७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख एक हजार ६ सय ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख एक हजार २ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११७९ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK