Skip to content
LAXMI SUNRISE BANK

क्लोजअपद्वारा भ्यालेन्टाइनको अवसरमा ‘#नजिकआउ’ डिजिटल अभियानलाई निरन्तरता

अर्थ सरोकार

काठमाडौं । क्लोजअप नेपालले भ्यालेन्टाइन डेको अवसरमा आफ्नो #Najikaau डिजिटल अभियानलाई निरन्तरता दिएको छ । अभियानको लक्ष्य आपसी आकर्षणलाई सामिप्यतामा बदल्न प्रोत्साहन गर्नु रहेको छ।

एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोजअपले हर व्यक्तिलाई आत्माविश्वासका साथ फर्स्ट मुभ चाली आफ्नो प्रियजनसँग नजिक हुन सधैँ प्रेरित गर्दै आएको छ ।

एक भिन्न सोचाईको साथ #Najikaau डिजिटल अभियानले एक रोचक वेब सिरिजको सुरुवात गरेको छ, जसमा दर्शकहरुले चार विभिन्न कथाहरुको निस्कर्ष निर्धारण गर्न सक्नेछन् । दर्शकहरुले यी कथाहरुलाई कसरी आगाडी बढाउने भरेर कमेन्ट गर्न सक्छन् र चयन गरिएका कमेन्टहरुबाट कथालाई निष्कर्ष दिइने जनाईएको छ ।

साथै, क्लोजअप नेपालले microsite: www.closeupnajikaau.com पनि ल्याएको छ जसमा सहभागीहरुले दैनिक quiz खेल्न सक्नेछन् । त्यस्तै, आफ्नो विशेष केहीलाई लभ नोट्स लेख्न सक्नेछन् र आकर्षक उपहार जित्न सक्ने कम्पनीले जनाएको छ ।

चयन गरिएका १०० उत्कृष्ट लभ नोट्सहरु नेपालभरिका बिलबोर्डहरुमा प्रदर्शन हुनेछन् र तीन भाग्यशाली सहभागीहरुले काठमाडौं उपत्यकाको ५ तारे होटलमा आफ्नो प्रियजनसँग एक्सक्लुसिभ डिनर र स्पा अनुभवसहित क्लोजअपबाट आकर्षक उपहार जित्न सक्ने कम्पनीले जनाएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK