काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको बैंकिङ प्रणालीमा अहिलेसम्मकै धेरै पैसा थुप्रिएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् ।
उनले बैंकसँग अथाह पैसा भए पनि लगानी भने साह्रै न्यून रहेको बताएका छन् । ‘बैंकसँग अहिले कहिल्यै नभएको पैसा छ, त्यति पैसा थुप्रिएको छ । तर, कर्जा लगानी नै हुँदैन, जम्मा चार प्रतिशत वृद्धि छ ।’, उनले भने, ‘सानो व्यवसाय, ठूलो व्यवसाय गर्ने सबै टाँट पल्टिएका छन्, सबै हालत बेहाल छ ।’
त्यस्तै, उनले रियल स्टेट, म्यानुफ्याक्चरिङ, एग्रो बिजनेश तथा स्मल इटरप्राइजेज लगायतका सबै सेक्टर धराशायी रहेको बताउँदै यसले देशको आन्तरिक अर्थतन्त्रमा ठूलो शिथिलता देखिएको दाबी गरेका छन् । साथै सांसद थापाले अहिले सरकार रेमिट्यान्स बढेको आँकडा देखेर मख्ख परेको बताउँदै यही स्थिति रहे देश डुब्ने पनि दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्