काठमाडौँ । पोखरामा सच्चाई केन्द्रका अध्यक्षसँग फिरौती माग्ने दुईजना पक्राउ परेका छन् । सच्चाई केन्द्रका अध्यक्ष प्रकाशदीप गैरेसँग ५ करोड फिरौती मागेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका–२ का ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका छन् । उनीहरुले अध्यक्ष गैरेसँग ५ करोड रुपैयाँ फिरौती मागेका थिए ।
फिरौती रकम नदिए जे पनि हुन सक्ने भन्दै धम्की दिएपछि प्रहरीमा परेको उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट गाँजा, खुकुरी, नेपाल तथा भारतका विभिन्न सिम र मोबाइल बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्