- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या तीन हजार ८४१ पुगेको छ । आइतबार ६१ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसंगै योसंख्या तीन हजार ८४१ पुगेको हो । पछिल्लो २४ घण्टामा उक्त प्रदेशमा २० जना मात्र कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
आइतबार कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा ५८ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा तीन गरी ६१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले दिए । सङ्क्रमितमा सुर्खेतका ५२, दैलेखका छ तथा कालीकोट, जाजरकोट र रुकुम (पश्चिम)का एक एक व्यक्ति छन् । यस्तै सङ्क्रमणमुक्त हुनेको संख्या पनि ३ हजार पुगेको छ ।