काठमाडौं। कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नं.३, रानीबारीचोकमा जुत्ता मेण्डरको लागि एक सर्भिस वुथ निर्माण गरी हस्तान्तरण गरेको हो ।
उक्त क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता मेण्डरको लागि आफ्नो पेशालाई सहज र व्यवस्थित बनाउनको लागि महानगरपालिका अन्तर्गत वडा कार्यालयसँगको समन्वयमा उक्त जुत्ता मेण्डर सर्भिस बुथ निर्माण गरिएको हो ।
उक्त बुथको समुद्धघाटन काठमाडौं महानगरपालिका वडा नं ३ का वडा सदस्य सिता थापाले गरेकी हुन् । समुद्धघाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै वडा सदस्य थापाले अव्यवस्थित तवरले जुत्ता पालिस तथा मर्मत गर्ने व्यक्तिहरुलाई व्यवस्थित बनाउनको लागि बैंकले गरेको सहयोगलाई धन्यवाद दिए । उक्त बुथ रानीबारी स्थित जुत्ता मेण्डर उपेन्द्र दासलाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा स्थानीय समाजसेवी तथा अन्य महानुभावहरुको उपस्थिती रहेको थियो ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेण्डरहरुलाई एक व्यवस्थित स्थान प्रदान गरी उनिहरुको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस् भन्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।