काठमाडौँ । दुई वटा चाउचाउ पकाएको पाँच सय असुल्ने एक रेष्टुरेन्टलाई १ लाख रुपैयाँ जरिवाना तिराइएको छ । धादिङको गल्छी गाउँपालिका–७ स्थित ह्याम्लेट रेष्टुरेन्टलाई कार्वाहीस्वरुप १ लाख रुपैयाँ जरिवाना तिराइएको हो ।
उक्त रेष्टुरेन्टले २० रुपैयाँ पर्ने दुई वटा वाइवाई चाउचाउ पाएको पाँच सय रुपैयाँ लिएपछि कार्वाहीस्वरुप १ लाख रुपैयाँ जरिवाना तिराइएको जिल्ला अनुगमन समितिले जनाएको छ ।
पृथ्वी राजमार्ग आसपासमा होटल तथा रेष्टुरेन्टले ग्राहकसँग चर्को मूल्य असुल्ने गरेको सूचनाका आधारमा अनुगमन गर्दा उक्त रेष्टुरेन्टलाई कार्वाही गरिएको अनुगमन समितिका एक सदस्यले बताएका छन् । ती सदस्यका अनुसार ह्याम्लेट रेष्टुरेन्टलाई दुईवटा चाउचाउ पकाएर खाएको पाँच सय रुपैयाँ तिरेको बिलसहित उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कार्वाही गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्