Skip to content
LAXMI SUNRISE BANK

आम्दानीसँगै सोल्टी होटलको नाफा पनि बढ्यो

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक वर्ष २०८० ८१ को पुस मसान्तसम्ममा सोल्टी होटल लिमिटेडको आम्दानी र नाफा दुवै बढेको छ । होटलले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार यसअवधिमा होटलको आम्दानी र नाफा दुवै बढेको हो । समीक्षा अवधिमा होटलले गत आर्थिक वर्षको तुलनामा ९.४४ प्रतिशत बढि अर्थात १ अर्ब ५ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

आम्दानीसँगै होटलको खुद नाफा पनि ४.६४ प्रतिशतले बढेको छ । यसअवधिमा होटलले २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, समीक्षा अवधिमा होटलको कुल खर्च १२.०८ प्रतिशत र सञ्चालन आम्दानी ३.८२ प्रतिशतले बढेको छ । यसअवधिमा होटलको वित्तीय खर्च भने ८५.१८ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा होटलको नाफा बढेपछि प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । यसअवधिमा होटलको ईपीएस २ पैसाले घटेर ५ रुपैयाँ ९५ पैसा कायम भएको छ । त्यस्तै, समीक्षा अवधिमा होटलको प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ ७८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८०.३६ गुणा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK