काठमाडौँ । एनआईसी एशिया बैंकमा अहिले डेपुटी सीईओ सुधीरनाथ पाण्डेको राजिनामाको विषयले हलचल मच्चाएको छ । बैंकमा राष्ट्र बैंकले गरेको विशेष इन्स्पेक्सनले जेलै जानेसम्मको काम गरेको देखाएपछि डिसीईओ पाण्डेले दिएको राजिनामाको विषयले हंगामा मच्चाएको हो ।
अहिले बैंकमा पाण्डेको राजिनामाका विषयमा सञ्चालकमै फरक-फरक मत देखिएको छ । बैंक सञ्चालकको एक समूहले अहिले बैंक अफ्ट्यारोमा परेको भन्दै पाण्डेलाई फकाएर बैंकमा फर्काउन लबिङ सुरु गरेका छन् भने अर्को समूह पाण्डेलाई अब बैंकमा फिर्ता बोलाउन नहुने पक्षमा देखिएका छन् ।
‘बैंकलाई अफ्ट्यारोमा पारेको मान्छेलाई अव फेरि बैंकमा ल्याएर के गर्नु ?’ एक संचालकले अर्थ सरोकारसँग भने- ‘ल्याउन त पाण्डेजीलाई फेरि ल्याउन पनि हुन्छ । तर, छोड्ने मनस्थिति बनाईसकेको मान्छेलाई बैंकमा फिर्ता ल्याउनु हुन्न ।’
तर, यहीबीच बैंक सञ्चालकको अर्को समूह भने अहिलेका लागि पाण्डेलाई बैंकमा फिर्ता ल्याउनुपर्ने बताउँछन् । ‘अहिले बैंक अफ्ट्यारो अवस्थामा छ । यही बेला पाण्डेजीले बैंक छोड्दा त्यसले बजारमा गलत सन्देश जान्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै अर्का सञ्चालकले भने, ‘पाण्डेजीलाई बैंकमा फर्काउनुपर्छ, उहाँले पनि बैंक अफ्ट्यारोमा परेका बेला सहयोग गर्नुपर्छ ।’
एक सातादेखि एनआईसी एशिया बैंकभित्र राष्ट्र बैंकको विशेष इन्स्पेक्सन टोली चलिरहेको छ । बैंकले खराब कर्जा अनुपात कम देखाएको, नियम विपरित कर्जा खडा गरेको, कानुनी सिमा मिचेर ऋण दिएको लगायतका प्रश्न उठाउँदै राष्ट्र बैंकले विशेष इन्स्पेक्सन गरिरहेको सो बैंकमा १०० बढी कैफियत राष्ट्र बैंकले निकालिसकेको राष्ट्र बैंक स्रोतको दाबी छ । बैंकले देखाएका तथ्यांकमा छेडखानी देखिएको, ऋण दिने र उठाउने क्रममा नियामकीय निर्देशन मिचेको, सेयर कर्जा दिँदा कैफियत भेटिएको, घरजग्गा कर्जामा हदैसम्म कानुन मिचेको लगायतका कैफियत देखिएपछि राष्ट्र बैंकले पाण्डेसँग यसविषयमा जवाफ माग थियो । त्यसपछि आफू बिरामी भएको भन्दै पाण्डेले राजीनामा दिएको बैंकका अधिकारीहरु बताउँछन् । यद्यपी, पाण्डेले भने घरायसी कारण देखाएर राजिनामा पत्र लेखेका छन् ।
यता उक्त विषयमा बुझ्न एनआईसी एशिया बैंकका सूचना अधिकारी तथा बैंकका डेपुटी सीईओ सुधीरनाथ पाण्डेलाई फोन गर्दा उनले हाम्रो फोन नै उठाएनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्