काठमाडौं । सिटि होटल लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । होटलले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार होटल ११ करोड ७९ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्षको सोहि अवधिमा होटल १३ करोड २४ लाख रुपैयाँ नोक्सानीमा थियो ।
समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी १४.६१ प्रतिशतले बढेर २४ करोड ३० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, होटलको कुल आम्दानी २४.९८ प्रतिशत बढेको छ भने कुल खर्च १८.३२ प्रतिशत बढेको छ ।
चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा होटलको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १० पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ५० पैसा रहेको छ।
१ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको अन्य इक्विटी ५ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्