काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफामा ४४.३८ प्रतिशतको गिरावट आएको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा घटेको हो। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९८ पैसा घटेर १२ रुपैयाँ २५ पैसामा पुगेको छ । त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३९.७९ गुणा रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद बिक्री आम्दानी २६.१५ प्रतिशत घटेर ९५ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३०.७३ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी २९.१३ प्रतिशत र सञ्चालन मुनाफा ४१.७६० प्रतिशत घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्