काठमाडौँ । जेल जाने डरले राजिनामा दिएका एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधीरनाथ पाण्डे बैंक नछोड्ने मुडमा देखिएका छन् । बुधबार बिरामी भएको भन्दै राजिनामा दिइसकेका पाण्डे पुनः बैंकमा फर्किने मुडमा देखिएका हुन् । बैंक अफ्ट्यारोमा परेका बेला बैंक नछोड्न भन्दै सञ्चालकहरुले फकाएपछि उनी बैंकमा फर्किने मुडमा देखिएको बुझिएको छ ।
तर, बैंकका केही सञ्चालकले पाण्डेलाई बैंकमा फर्काउने विषयमा भने असन्तुष्टी जनाएका छन् । ‘पाण्डेजीले अफ्ट्यारोमा बैंक छोड्ने निर्णय गुर्न भएको थियो, उहाँ बैंकमा फर्किनु हुन्न ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका एक सञ्चालकले भने, ‘अहिले उहाँले पुनः बैंकमा फर्किने मनसायमा हुनुहुन्छ भन्ने सुनियो तर त्यसो भयो भने उहाँलाई अफ्ट्यारो पर्न सक्छ । त्यसैमाथि बैंक छोड्छु भनेर राजिनामा दिइसकेर पुनः फर्किन्छु भन्दा लाज लाग्नुपर्थ्यो ।’
यसो त राजिनामा दिइसकेका पाण्डे पुनः बैंकमा फर्किए भने पनि राम्रोसँग काम गर्ने कुरामा बैंकका ती सञ्चालकले शंका व्यक्त गरेका छन् । ‘बैंक छोड्ने मनसाय नै बनिसकेपछि पुनः फर्किएर काम गर्न गाह्रो हुन्छ ।’, ती सञ्चालकले भने, ‘त्यसैमाथि उहाँले बिरामी भएको भन्दै राजिनामा दिनुभएको थियो, बिरामी मान्छेले झनै कार्यालयको काम मज्जाले गर्ने कुरै भएन ।’
राष्ट्र बैंकले विशेष इन्स्पेक्सनका क्रममा पाण्डेका विभिन्न कैफियत देखाएपछि जेल जाने डरले उनले हतारहतार बुधबार बैंकका सीईओ रोशन न्यौपानेसमक्ष राजिनामा बुझाएका थिए । बैंकले देखाएका तथ्यांकमा छेडखानी देखिएको, ऋण दिने र उठाउने क्रममा नियामकीय निर्देशन मिचेको, सेयर कर्जा दिँदा कैफियत भेटिएको, घरजग्गा कर्जामा हदैसम्म कानुन मिचेको लगायतका कैफियत देखिएपछि राष्ट्र बैंकले पाण्डेसँग यस विषयमा जवाफ मागेको थियो । त्यसपछि आफू बिरामी भएको भन्दै पाण्डेले राजीनामा दिएको बैंकका अधिकारीहरु बताउँछन् ।
यता उक्त विषयमा बुझ्न एनआईसी एशिया बैंकका सूचना अधिकारी तथा बैंकका डेपुटी सीईओ सुधीरनाथ पाण्डेलाई फोन गर्दा उनले हाम्रो फोन नै उठाएनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्