Skip to content
LAXMI SUNRISE BANK

गणपति लघुवित्तद्वारा एक दिने सदस्य सिप विकास तालिम सम्पन्न

अर्थ सरोकार

काठमाडौं। गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सीप तथा क्षमता विकास गर्ने उदेश्यले फरक फरक शिर्षकका दुई वटा एक दिवशिय तालिम सम्पन्न गरेको छ ।

शाखा कार्यालय मुग्लीन चितवनले व्यवसायिक तरकारी खेती तालिम मुग्लिन चितवनमा सम्पन्न गरेको छ । केन्द्रीय कार्यालयमा जोखिम व्यवस्थापन तथा असुली विभाग प्रमुख टेक बहादुर रोकाको प्रमुख आतिथ्यता र शाखा प्रबन्धक संगम पोख्रेलको अध्यक्षतामा भएको तालिमको प्रशिक्षण कृषि शाखा कुरिनटारका प्राविधिक सहायक विकास खनाल र ना.प्रा.स उमेश कुमार चौधरीले दिएका थिए । उक्त तालिममा २२ जना सदस्यहरुको सहभागीता रहेको थियो ।

त्यस्तै, शाखा कार्यालय सल्यानटार धादिङले व्यवसायिक बाख्रा पालन तालिम सल्यानटारमा सम्पन्न गरेको छ । शाखा प्रबन्धक कृष्ण बहादुर पौडेलको अध्यक्षतामा भएको तालिमको प्रशिक्षण सल्यानटारका पशु चिकित्सक जे.टि.ए. नविन बसौलाले दिएका थिए । २२ जना सदस्य र २ जना स्थानीय कृषक सहित २४ जनाको सहभागीतामा उक्त तालिम सम्पन्न भएको थियो ।

दुवै तालिमका सहभागीहरुलाई प्रमाणपत्रको समेत व्यवस्था गरिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK