Skip to content
LAXMI SUNRISE BANK

‘बिरामी हात्ती’ बन्यो हाथवे, कम्पनी नोक्सानीमा

अर्थ सरोकार

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट कम्पनी नोक्सानीमा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनी ५९ लाख ४२ हजार रुपैयाँ नोक्सानीमा गएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालक आम्दानी ३ करोड ३५ लाख रुपैयाँ सिमित भएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ६ करोड ४९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, यसअवधिमा कम्पनीको वित्तीय लागत गत वर्षको तुलनाम करिब दोब्बर अर्थात २ करोड ४१ लाख पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीको वित्तीय लागत १ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार पुससम्ममा कम्पनी नोक्सानीमा गएसँगै यसको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ०.५१ रुपैयाँ ऋणात्मक रहेको छ । हाल कम्पनीको प्रतिसेयर नेटवर्थ ८३ रुपैयाँ ४० पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK