Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंक र नेशनल प्याथ ल्याबबीच सम्झौता, ग्राहकहरुलाई १० प्रतिशत छुट

अर्थ सरोकार

काठमाडौं। कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK