काठमाडौं। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय अनुशासन तथा वित्तीय स्थायित्वका लागी सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले मंसिर १९ गते देखि २८ गतेसम्म र माघ २३ देखि २८ गते सम्म चरणवद्धरुपमा कोशी प्रदेश र मधेश प्रदेशमा कार्यक्रम सञ्चालन गरेको हो ।
२९ वटा जिल्लाको १०८ वटा स्थानमा सञ्चालन भएको कार्यक्रममा करिब १३ हजार भन्दा बढि स्थानीय, सेवाग्राही सदस्य, अभिभावक तथा बुद्धिजिविहरुको सहभागीता रहेको थियो ।
स्थानीय निकाय, नेपाल प्रहरी र संस्थाको त्रिपक्षिय संलग्नता रहेको कार्यक्रममा स्थानीय निकायले स्थानीय स्तरमा उपलब्ध तालिम, महिला उद्यमशिलता कार्यक्रम तथा अनुदानका कार्यक्रमहरु, लघुवित्त संस्थाको महत्तव, कर्जा सदुपयोगीताको बारेमा सहजिकरण, र नेपाल प्रहरीसँग सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध दुव्र्यसन, बाल बिबाह, महिला हिंसा न्यूनिकरण, वित्तीय अपराधका विषयमा जनचेतना, र संस्थाले वित्तीय शिक्षा, बैंकका प्रकार, बचतको महत्तव, कर्जा सदुपयोगीता, बीमाको महत्तव, आम्दानी, इच्छा र आवश्यकता, खर्च, सफा नोट निति, उद्यमशिलता, महिला अर्थिक सबलिकरण, कर्जा मिनाहाको अफवा, मिथ्या सुचना, अनुचित लेनदेन लगाएतको विषय तथा संस्थाको सेवा सुविधा उत्कृष्ट बनाउन सुझाव, संर्घष तथा सदुपयोगीताको कथा लगाएतको विषयमा अन्तरक्रियात्मक ढंगले तथा भिडियो प्रर्दशनी गरेर सहजिकरण गरिएको थियो ।
कार्यक्रममा सेवाग्राही सदस्यले कर्जा सदुपयोग गरि उत्पादन गरिएको सामाग्रीहरु प्रर्दशनी, बजार व्यवस्थापनको कठिनाईको विषय स्थानीय निकायसँग छलफल गरेका थिए। त्यस्तै, उत्कृष्ट ऋणी तथा बचतकर्तालाई सम्मान समेत गरिएको लघुवित्तले जनएको छ ।
कार्यक्रममा उपस्थित स्थानिय जननिर्वाचित जन प्रतिनिधिहरुले विभिन्न बाहानामा राजनितिक तथा गैराजनितिक मनशायका साथ समाजमा कर्जा मिनाहाको नाममा विभिन्न नाराबाजि, जुलुस तथा अन्य भौतिक आक्रमण जस्ता गैरकानुनी गतिविधि गर्दै समाजमा चन्दा आतंक सिर्जना भइरहेको प्रति सचेत गराउदै देशको सामाजिक तथा आर्थिक गतिविधिमा खलबल गर्ने कार्यमा विश्वास नगर्न साथै यस्ता प्रकृतिका व्यक्ति तथा समुहलाई आवश्यक कारवाही हुने बताएका थिए ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा उत्पादानमुखि व्यसायमा लगानी गरी कर्जा सदुपयोगिता गर्न, आवश्यकता अनुसार मात्र कर्जा चलाउन अनुरोध समेत गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले कार्यक्रम फलदायि रहेको बताउँदै हाल बजारमा सुनिएको कर्जा मिनाहा लगाएतको हल्ला प्रष्ट भएको र आफुहरुले पैसाको प्रयोगका बारेमा ज्ञान पाएकोमा संस्थालाई धन्यवाद व्यक्त गर्दै आउँदा दिनमा समेत फरक खालका कार्यक्रम आयोजना गर्न सुझाव दिएका थिए ।
कार्यक्रमको बारेमा प्रष्ट पार्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले सेवाग्राही सदस्यहरुलाई सुचनाको हक स्थापित गर्न साथै संस्थासँग भएको अपेक्षा तथा गुनासो केन्द्रीय कार्यालयका कर्मचारीहरुको प्रत्यक्ष सहभागीतामा राख्न कार्यक्रमले मद्दत गरेको बताउदै यस्ता प्रकृतिका कार्यक्रमहरुले महिलाहरुमा जागरुकता, बोल्ने बानिको विकास, स्थानीय स्तरमा उत्पादित बस्तुहरुको बजारिकणमा सघाउ साथै हाल समाजमा व्यप्त कर्जा मिनाहा तथा चन्दा आतंकका घटना लगाएतको विषयमा जनचेतना जगाउने विश्वास व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्