×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ग्राहकको करोडौँ हिनामिना भएको’ सप्तकोशी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको कार्वाही

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘ग्राहकको करोडौँ हिनामिना भएको’ सप्तकोशी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको कार्वाही

२ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई कार्वाही गरेको छ । कार्यकाल सकिएका सञ्चालकलाईसमेत बोर्डको बैठकमा उपस्थित गराएर निर्णय प्रक्रियामा सहभागी गराएको भन्दै राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई कार्वाही गरेको हो ।

संस्थाको समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकले पहिलो कार्यकाल सकिएका स्वतन्त्र सञ्चालकलाईसमेत बोर्डको बैठकमा सहभागी गराएर निर्णय प्रक्रियामा सहभागी गराएको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, पहिलो कार्यकाल सकिएका स्वतन्त्र सञ्चालकलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरीत दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको पाइएपछि राष्ट्र बैंकले पहिलो पटकका लागि राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२)को खण्ड (क) बमोजिम सप्तकोशी डेभलपमेन्ट बैंकलाई कार्वाही गरेको जनाएको छ ।

योसँगै राष्ट्र बैंकले कानुनविपरीत दोस्रो कार्यकालका लागि नियुक्त गरिएका स्वतन्त्र सञ्चालकलाई तत्काल स्वतन्त्र सञ्चालक पदबाट हटाउन पनि निर्देशन दिएको छ ।

यति मात्र होइन, बैंकले जारी गरेको आधार दर गणना सम्बन्धी कार्यविधि, २०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई संस्थाका प्रमुख कार्यकारी अधिकृतले बैंकको निर्देशन विपरित आफूखुसी एकै महिनामा पटकपटक कोर बैंकिङ सिस्टममा आधार दर परिवर्तन गरेको पाइएको पनि राष्ट्र बैंकले जनाएको छ । सीईओको यस्तो कार्यबाट कर्जाको आधार दर सम्बन्धी बैंकका विवरण फरक परेकोले राष्ट्र बैंकले सीईओलाई सचेत गराउँदै त्यस्तो कार्य तत्काल बन्द गर्न पनि निर्देशन दिएको छ ।

स्मरण रहोस्, यो त्यही बैंक हो जुन बैंकको कर्पोरेट कार्यालय विराटनगरबाट रेमिट्यान्स कारोबार हुने पुमरी बैंकिङ सफ्टवेयरको ‘पार्किङ एकाउन्ट’मा रेमिट्यान्स नै नआएको अवस्थामा फर्जी कारोबार गरी ग्राहकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला भएको प्रकरण बाहिरिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी