Skip to content
LAXMI SUNRISE BANK

लायन्स क्लब अफ ललितपुर क्रियटिभको आयोजनामा ‘डिजी टक’ कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा ‘डिजी टक’ कार्यक्रम आयोजना गरिएको छ । मंगलबार लायन्स क्लब अफ ललितपुर क्रियटिभको आयोजनामा काठमाडौँको ललितपुरस्थित याक प्यालेस, पुल्चोकमा कार्यक्रमको आयोजना गरिएको हो ।

लायन्स क्लब अफ ललितपुर क्रियटिभका अध्यक्ष राकेश भक्त मुल्मीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर अनन्त प्रसाद भेटुवाल, राम भण्डारी क्षेत्री, रुबयनाथ कोइराला, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर हिरा गुप्ताले लायनिज्मको विषयमा विगत, वर्तमान र आगामी योजनाका विषयमा आ–आफ्ना धारणा राखेका थिए । त्यस्तै, कार्यक्रममा ‘मिसन रेड फ्ल्याग’ र सेयर बजारको विषयमा पनि जानकारी गराइएको थियो ।

जसअन्तर्गत सरल कम्सेप्टका संस्थापक महेन्द्र भक्त श्रेष्ठले ‘मिसन रेड फ्ल्याग’मार्फत सडक दुर्घटनालाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुती दिएका थिए । साथै कार्यक्रममा सहभागीहरुले पनि ‘रेड फ्ल्याग’को प्रयोगले बाटो काट्ने क्रममा हुने सडक दुर्घटना न्यूनिकरण गर्न सकिने धारणा राखेका थिए ।

त्यस्तै, कार्यक्रममा सेयर गुरु सुवासचन्द्र भट्टराईले ‘बिजनेश टक’ सेसनअन्तर्गत सेयर बजारको प्रकृति, शब्दावली, रुपरेखा, संरचना र रणनीतिका बारेमा विशेष प्रस्तुती दिएका थिए । उक्त कार्यक्रमलाई भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४)ले सहयोग गरेको थियो । कार्यक्रम निकै उपलब्धिमुलक र सन्देशमुलक रहेको सहभागीहरुले बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK