Skip to content
LAXMI SUNRISE BANK

एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई पाकिस्तानी पक्राउ

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुईजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । करिब एक करोड विदेशी मुद्रासहित प्रहरीले विमानस्थलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाकिस्तानी नागरिक ३१ वर्षीय येसीन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेका छन् । उनीहरु फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका थिए ।

उनीहरुको साथबाट डेनमार्कको मुद्रा ५ लाख (९५ लाख ४३ हजार ३८४ रुपैयाँ) बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेको दुवैजनालाई थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK