Skip to content
LAXMI SUNRISE BANK

ललिता निवास जग्गा प्रकरणः एनआरएनएको जग्गा जफत हुने !

अर्थ सरोकार

काठमाडौँ । ललिता निवास क्षेत्रभित्र जग्गा किनेको गैरआवसीय नेपाली संघ (एनआरएनए)को जग्गा जफत हुने भएको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले फैसला सुनासँगै एनआरएनएको जग्गाा जफत हुने भएको हो । एनआरएनएसँगै ललिता निवासमा जग्गा किनेका सबैको जग्गा जफत हुने भएको छ ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने फैसला सुनाएको थियो ।

त्यस्तै, सो प्रकरणमा अदालतले सरकारका पूर्वमन्त्री चन्द्रदेव जोशी, वियजकुमार गच्छदार, डम्बर श्रेष्ठलाई सफाई दिएको छ भने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रकामकुमार ढकाललाई अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ भने तत्कालीन अख्तियार प्रमुख दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त लगायतलाई पनि अदालतले दोषी ठहर गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK