×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धुस्रैफुस्रै न्याय माग्न काठमाडौँ आउँदैछन् मिटरब्याज पीडित… (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धुस्रैफुस्रै न्याय माग्न काठमाडौँ आउँदैछन् मिटरब्याज पीडित… (फोटो-कथा)

Artha Sarokar

४ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभरीबाट मिटरब्याज पीडितको न्यायमोर्चा काठमाडौँतर्फ आइरहेको छ । शहीद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरु बिहीबार चितवन आएर मिसिएका हुन् । त्यहाँबाट उनीहरूको ठूलो समूह पैदल हिँडेर काठमाडौँतर्फ आइरहेको छ । 

आफूहरुले पटकपटक आन्दोलन गर्दा पनि सरकारले सुनुवाई नगरेको भन्दै उनीहरुले मिटरब्याज पीडित संघर्ष समिति गठन गरेर देशव्यापी मिटरब्याज पीडितहरुलाई सङ्गठित गरेर न्याय मार्च गरिरहेका छन् । यसअघि सरकारले छानविन आयोग नै गठन गरेर मिटरब्याजको समस्या समाधानको पहल थाले पनि त्यसबाट आफूहरुलाई पूर्ण न्याय नमिलेको उनीहरुको गुनासो छ ।

सरकारले भने आयोगले समस्या समाधान गरेको भन्दै आयोगको प्रतिवेदन भने दराजमा थन्काएर राखेको छ । सो आयोगले करिब ५ हजार मिटर ब्याज पीडितको समस्या समाधान गरेको छ भने अब १५ हजारभन्दा धेरै पीडितहरुको समस्या भने ज्युँकात्युँ छन् । तस्बिरमा हेर्नुहोस् न्याय माग्दै काठमाडौँ आइरहेको मिटरब्याज पीडितहरुको मोर्चाः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी