काठमाडौं। पुल्चोक क्याम्पसका विद्यार्थीहरूले विश्व स्तरिय कार्यक्रम TEDxIOE गर्ने भएका छन् । २०८० साल फागुन ९ गते फेब्रुअरी २१ का दिन ललितपुरको च्यासलमा अवस्थित ज्यापु प्रज्ञा भवनमा आयोजना हुन लागेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रहरुमा आफ्नो नाम बनाएका व्यक्तित्वहरुले आफ्नो भनाइहरु प्रस्तुत गर्नेछन्।
पुल्चोक ईन्जिनियरिङ कलेजका विद्यार्थीहरुको साथमा गोल्ड पार्टनरको रुप मा Hyperce, मार्केटीङ पार्टनरको रुपमा At Groups र टिकटिङ पार्टनरको रुपमा खल्ती रहेको छ ।
TEDxIOE पुल्चोकले नयाँ विचारधारा बोकेका नेत्रित्वहरू, नबिन प्रयोग गर्ने आविष्कारकहरू, र नवप्रवर्तनका सर्जकहरुलाई आफ्ना विचारहरू र अन्तर्दृष्टिहरू नेपाल र विश्वव्यापीरुपमा रहेका दर्शकहरूसँग साझा गर्ने प्लेटफर्म को विकास गर्ने लक्ष्य राखेको छ।
प्रख्यात अमेरिका को TEDx Talks बाट प्रेरित भएको यस कार्यक्रमले अर्थपूर्ण छलफल र समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्ष्या राखिएको छ । TEDxIOE पुल्चोकको विद्यार्थीद्वारा आयोजना गरिएको पहिलो संस्करणले पुल्चोक क्याम्पस समुदायको लागि एक महत्वपूर्ण कोसेढुङ्गा हुनेछ भन्ने आयोजक को विश्वास छ । यसले विद्यार्थीहरूको प्रतिभा र लगनशिलतालाई पनि विश्वव्यापी मञ्चमा प्रदर्शन गर्नेछ ।
उक्त कार्यक्रमका वक्ताहरु नेपालका विभिन्न क्षेत्रमा उल्लेखनिय भूमिका निभाउने पात्रहरु रहेका छन् । सुमना श्रेष्ठ संघीय संसद सदस्य, नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट प्रशिक्षक मोन्टी देसाई, रमेश पौडेल अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका सदस्य, खेम लकई शिक्षक र प्रशिक्षक लगायतका धेरै प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता हुनेछ ।
सहभागीहरूले उक्त कार्यक्रमबाट अमुल्य विचारहरुका साथसाथै अन्तरक्रियात्मक छलफलहरू, भविस्यको लागि एक अविस्मरणीय पल र नेटवर्किङका अवसरहरूले भरिएको एक समृद्ध अनुभवको आशा गर्न सक्ने छन् । TEDxIOE पुल्चोकमा भाग लिएर सहभागीहरूले बहुमूल्य बिचार धारा प्राप्त गर्नेछन्, आफ्नो क्षितिज विस्तार गर्नेछन्, र नवीनता र प्रगतिको लक्ष्य बोकेका आफु समान विचारधारा भएका व्यक्तिहरूसँग जोडिनेछन्।
TEDxIOE पुल्चोक सबै बर्गका सिक्न इच्छुक व्यक्तिका लागि खुला रहेको छ । सबै समाजका व्यक्तिहरूको पहुँच सुनिश्चित गर्दै विद्यार्थी, व्यावसायि, वा जुन सुकै समुदायलाइ प्रतिनिधित्व गर्ने सदस्यभएतापनि, TEDxIOE पुल्चोकले समावेशी वातावरणका साथै सबैलाई सिक्ने र प्रेरित हुने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।
८ घण्टा लामो यस सत्रबाट प्रेरित भएर समाजको, देशको र बिश्वको हितका लागि थोरै भए पनि भूमिका निर्बाहा गर्न सकिन्छ भन्ने आयोजकको बिश्वास रहेको छ । कार्यक्रम को टिकट खल्ती एपबाट सजिलै खरिद गर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्