काठमाडौं। मेनुका पौडेलको पहिलो लाईभ सांगीतिक कार्यक्रम काठमाडौंमा हुने भएको छ । तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख ४ शहरहरुमा २०८० फाल्गुण १८ गते देखि चैत्र १६ गतेसम्म काठमाडौँ, चितवन, पोखरा र इटहरीमा उनको संगितिक कार्यक्रम हुन लागेको हो ।
उनको सम्पूर्ण कार्यक्रमको टिकट माईपे डिजिटल वालेटबाट लिन सकिन्छ ।
२०५५ सालमा झापाको हल्दीबारी ४ मा जन्मेकी मेनुकाले १८ वर्षको उमेरमा नेपाल आईडलको पहिलो सिजनमा भाग लिईन् । नेपाल आईडलले नै उनलाई देशविदेशमा रहने नेपालीहरुमाझ चिनायो । त्यसपछि उनले भारतिय टीभी चयानल सारेगमपको मुम्बई अडिसनमा भाग लिइन् र उक्त कार्यक्रममा उनी टप ११ मा पर्न सफल भएकि थिइन । त्यसपछि इन्डियन आइडलमा गई आफ्नो जादुमयी आवाजले सबैलाई मोहित बनाएकी पौडेल टप १० सम्म पुग्न सफल भएकि थिइन् ।
मेनुका पौडेलको यो पहिलो सांगीतिक नेपाल टुरमा आर्टिस्ट म्यानेज्मेन्ट माईपे इभेन्टले गरेको छ भने यस कार्यक्रमको प्रायोजन माईपे मनि ट्रान्सफरले गरेको छ ।
आगामी फाल्गुण १८ गते काठमाडौंको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि कार्यक्रम सुरु हने आयोजकले जनाएको छ । हाल साधारण टिकटको दर रु १००० र विशिष्ट टिकटको दर रु.१५०० राखिएको यस कार्यक्रमको टिकेटिङ पार्टनर माईपे वालेटले जनाएको छ ।
उनको लाइभ सांस्कृतिक कार्यक्रम हेर्न दर्शकहरु तथा मेनुकाका समर्थकहरु उत्साहित देखिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्