Skip to content
LAXMI SUNRISE BANK

आयल निगमको सीइओ नियुक्तिमा ‘म्याच फिक्सिङ’को गन्ध, नियुक्ति नै नभई भट्टले पाए बधाई !

अर्थ सरोकार

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । गोरखाका डा.चण्डिका प्रसाद भट्टसहित ३ जनाको नाम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको सिफारिस समितिले सिफारिस गरेको छ ।

सिफारिस समितिले भट्ट बाहेक भरतपुरका डा. डोलप्रसाद चापागाई र ललितपुरका शत्रुध्न प्रसाद पुडासैनीको नाम सिफारिस गरेको छ । अब यी मध्येबाट मन्त्रिपरिषदको बैठकले भट्टलाई सिफारिस गर्ने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भट्ट हाल उद्योग मन्त्रालयमातहतकै विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशक छन् । आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जनाले आवेदन दिएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK