काठमाडौँ । प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरेले सरकारले अघि सारेको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सोचेको जस्तो विस्तृत रुपमा नआएको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बैंकिङ कसुर तथा सजाय ऐन दोस्रो संशोधन विधेयक, २०८० माथि आफ्नो धारणा राख्दै सांसद घिमिरले यस्तो बताएका हुन् ।
सांसद घिमिरेले अहिले विकराल रुप लिएको सहकारी ठगी तथा सहकारी समस्यालाई पनि यस ऐनमा समेट्नुपर्ने बताएका छन् ।
हाल विधेयकमा चेक अनादारको विषयलाई मात्रै सम्बोधन गरिएको भन्दै उनले यो ऐनलाई विशिष्टिकृत रुपमा लैजानुपर्ने र सहकारी तथा सम्पूर्ण वित्तीय क्षेत्रलाई समेट्नुपर्ने धारणा राखेका छन् ।