×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार २७.२१ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार २७.२१ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

६ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४ सय ८३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ४० करोड ९० लाख २ सय ५२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा समाज लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त, युनिअन हाइड्रोपावर, आशा लघुवित्त र मोलुङ्ग हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ४० करोड ९० लाख २ सय ५२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआइसी एशिया, जोशी हाइड्रोपावर एण्ड डेभलपमेन्ट, सगरमाथा जल विद्युत कम्पनी, युनिअन हाइड्रोपावर र ङ्गादि हाइड्रोपावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा समलिंग पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । समलिंग पावरमा यस्तो गिरावट आउँदा दोर्दी खोला जल विद्युत, पाँचथर पावर, बाराही हाइड्रोपावर र एनआइसी एशिया ग्रोथ फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी