×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेक अकाउण्ट बनाएर एनआईसी एशिया बैंकका कर्मचारीले थाले बैंकको प्रचार, गलत कामको विरोध गर्नेको दुष्प्रचार, साइबर ब्युरोमा उजुरी

PRIME CA

फेक अकाउण्ट बनाएर एनआईसी एशिया बैंकका कर्मचारीले थाले बैंकको प्रचार, गलत कामको विरोध गर्नेको दुष्प्रचार, साइबर ब्युरोमा उजुरी

६ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विश्वासको संकट आईपरेको एनआईसी एशिया बैंकका कर्मचारीले फेक अकाउन्त बनाएर बैंकको प्रचार प्रसार गर्ने र विरोध गर्नेको दुष्प्रचार गर्ने काम सुरु गरेका छन् । आजमात्र बैंकका केहि कर्मचारीहरुले ३० बढी फेक अकाउन्ट बनाई यस्तो गलत काम गर्न लगाईरहेको पाइएको छ ।
रामकृष्ण पौडेल, राधेश्याम श्रेष्ठ, अमृत श्रेष्ठ लगायतका नाममा फेक अकाउन्ट बनाई जताततै एनआईसी एशियाको प्रचारप्रसार गर्ने र एनआईसी एशियाको गलत कामको विरोध गर्नेको चरित्र हत्या गर्ने काम ती अकाउन्टबाट भईरहेको छ ।
यस्ता दुष्प्रचार बढेपछि साइबर ब्युरोमा ती अकाउन्टहरुविरुद्ध एनआईसी एशिया पीडीत र केहि संस्थाहरुले उजुरी गरेका छन् । ती अकाउन्टको आईपी ट्रयाक गरी आवश्यक कार्वाही गरीपाउँ भनी ती अकाउण्टहरुउपर उजुरी गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: