काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाका अन्य समस्या सम्बोधनका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)मा सम्बोधन गरिने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले बैंकिङ तथा कसुर ऐनको संशोधन विधेयकमा छुटेका विषयलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा व्यवस्था गरिने बताएका हुन् ।
उनले अहिले चेक बाउन्सको विषय महत्वपूर्ण भएकाले प्राथामिकताका साथ संशोधन गर्न लागेको पनि प्रष्ट पारेका छन् । पछिल्लो समय बजारमा अत्याधिक देखिएको चेक बाउन्सका समस्यालाई निर्मुल पार्नका लागि भए पनि यसको संशोधन तत्काल आवश्यक रहेको अर्थमन्त्रीले बताएका छन् ।
छलफलका क्रममा सांसदहरुले उठाएका डिजिटल बैंकिङ, क्रिप्टोकरेन्सी तथा डिजिटल करेन्सी जस्ता विषयलाई समेट्ने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनको प्रस्ताव पनि आउने अर्थमन्त्रीको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्