Skip to content
LAXMI SUNRISE BANK

सुप्रिम सहकारीका बचतकर्तालाई प्रमाणसहित निवेदन दिन आग्रह

अर्थ सरोकार

काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई प्रमाणसहित निवेदन दिन प्रहरीले आग्रह गरेको छ । इलाका प्रहरी कार्यलय बुटवलले आइतबार एक सुचना जारी गर्दै बचतकर्तालाई पासबुक, सेयर प्रमाणपत्र, बालबालिका भए जन्मदर्ताको प्रमाणपत्रसहित उजुरी दिन आग्रह गरेको हो ।

सहकारीले बचतकर्ता/सेयरधनीको रकम अपचलन गरेको भन्ने सम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। यसअघि प्रहरीले उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए ।

उक्त सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईले बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोप छ । हाल उनी फरार छन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK