काठमाडौं । कौण्डिन्य गोत्रीय महासमाजको तेस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनले केन्द्रीय अध्यक्षमा बाबुराम आचार्यलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका आचार्य यसअघि महासमाजको केन्द्रीय उपाध्यक्ष एबम् प्रवक्ता थिए ।
त्यस्तै, उपाध्यक्षमा वरिष्ठ अधिवक्ता बिष्णु प्रसाद कास्कोटा, महासचिवमा नारायण प्रसाद न्यौपाने, सचिवमा तारा बन्जाडे तथा कोषाध्यक्षमा जयराम पराजुली निर्वाचित भएका छन् । यसैगरी निर्वाचित हुने सदस्यहरुमा सारदा प्रसाद त्रिताल, ठाकुर प्रसाद साप्कोटा, हरि प्रसाद सत्याल, जनक खड्का, राजन प्याकुरेल, नुमाकान्त पाठक, सुन्दर गैह्रे निर्वाचित भएका छन् ।
काठमाडौं बानेश्वरस्थीत कृष्णभोग पार्टी प्यालेशमा सम्पन्न तेस्रो साधारण सभामा संबिधान सभाका पुर्व सभासद डा शोभाकर पराजुलीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्व अर्जुन प्रसाद बञ्जाराले गरेका थिए ।
निर्वाचन अधिकृत अर्जुन बाँस्कोटा र लक्ष्मण आचार्यले कार्यसमितिको नामावली आन्तरीक सहमतीका आधारमा छुट्याएर सुनाएका थिए । सातै प्रदेशका सभापति, महासचिव वा प्रतिनिधि सहभागी अधिवेशन भब्य रुपमा सम्पन्न गरिएको निबर्तमान अध्यक्ष अर्जुन प्रसाद बञ्जाराले जानकारी दिए ।