काठमाडौँ । कोरियन भाषा (ईपीएस) परीक्षा सकिन एक वर्ष लाग्ने भएको छ । ७ फागुन (सोमबार)देखि सुरु भएको ईपीएस परीक्षा सकिन झण्डै एक वर्ष लाग्ने भएको हो ।
हाल ईपीएस कोरिया शाखाले पहिलो चरणको परीक्षा सञ्चालन गरिरहेको छ । पहिलो चरणको परीक्षा चैत्र २४ गते सकिने ईपीएस शाखाले जनाएको छ । दैनिक एक हजार जनाको दरले परीक्षा लिँदा पनि २०८१ पुषमा मात्रै परीक्षा सकिने ईपीएस कोरिया शाखाले जनाएको छ ।
पहिलो चरणमा ४७ हजार ५ सय ११ जनाको परीक्षा लिइनेछ । त्यस्तै २०८१ बैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म चल्ने दोस्रो चरणको परीक्षामा ७९ हजार ९ सय ३७ जनाको परीक्षा लिइनेछ भने २०८१ कात्तिक २६ गतेदेखि सुरु भएर पुष २ गतेसम्म चल्ने तेस्रो चरणमा ३६ हजार १७९ जनाको परीक्षा लिइने ईपीएस कोरिया शाखाले जनाएको छ ।
ईपीएसमार्फत उत्पादनमूलक क्षेत्रमा कोरिया जानका लागि कुल १ लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्