काठमाडौँ । कृषि विकास बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले फागुन ३० गतेका लागि साधारणसभा आह्वान गरेको हो । सभा भक्तपुरस्थित बैंकको तालिम केन्द्रमा हुनेछ ।
सभामा बैंकका नियमित एजेण्डा मात्रै प्रस्तुत गरिने बैंकले जनाएको छ । सभाबाट बैंकले गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गर्नेछ ।
बैंकको साधारणसभामा फागुन १६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै भाग लिन पाउनेछन् । कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट यसवर्ष सेयरधनीहरुलाई भने कुनै पनि लाभांश नदिने घोषणा गरेको छ ।