×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करेलाको मूल्य बढ्यो, मंगलबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

करेलाको मूल्य बढ्यो, मंगलबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

Artha Sarokar

८ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तितो करेलाको मूल्य बढेको छ। करेला २० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १४० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, सानो गोलभेडा (टनेल) २५, लोकल सानो गोलभेडा २५ रुपैयाँ, भारतीय सानो गोलभेडा २५ रुपैयाँ, तराईको सानो गोलभेडा २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३० रुपैयाँ, भारतीय रातो आलु ३२ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७२ रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, बन्दा (नरिवल) २५, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, काउली तराई २५ रुपैयाँ, रातो मुला २५ रुपैयाँ, सेतो मुला लोकल ३० रुपैयाँ, सेतो मूला (हाइब्रीड) २५ रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ५०, मटरकोशा ८० रुपैयाँ, घ्यु सिमि लोकल ९० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ९० रुपैयाँ, घिउ सिमी (राजमा) १००, टाटे सिमि ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १४०, लौका ५०, घिरौला ७०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ६०, हरियो फर्सी (डल्लो)७०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ७०, बरेला ५०, पिडालु ७०, स्कुस ५० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ६० रुपैयाँ, चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १००, बकुला ८०, तरुल ६०, कन्य च्याउ १००, डल्ले च्याउ ३००, ब्रोकाउली ५०, चुकन्दर ६०, सजीवन १२०, रातो बन्दा ५०, जिरीको साग ६०, ग्याठ कोबी ५०, सेलेरी ८०, पार्सले २२०, सौफको साग ६०, पुदिना २२०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, हरियो खुर्सानी ९०, सुकेको खुर्सानी ४६०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ७०, अकबरे खुर्सानी २५०, भेडे खुर्सानी १००, हरियो लसुन १३०, हरियो धनिया ७०, चाइनिज सुकेको लसुन ३००, रुख टमाटर १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्ज) १२०, कागती २५०, अनार २८०, हरियो अंगुर १२०, कालो अंगुर १८०, नेपाली सुन्तला १४०, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ६०, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १४०, हाइब्रिड काक्रो ६०, रुख कटहर १२०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ७०, भारतीय मेवा ८०, अम्बा १२०, लप्सी ११०, किनु ९०, किवी ४००, अभोकाडो ४००, अमला ७० र स्ट्रबेरी २५० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी