×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किशोरलाई हुन्डी कारोबारमा भरियाका रुपमा प्रयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

किशोरलाई हुन्डी कारोबारमा भरियाका रुपमा प्रयोग

Artha Sarokar

८ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैधरुपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ । पक्राउ परेकामध्ये १८ वर्षमुनिका भएको उनीहरू र व्यावसायिक हुन्डी कारोबारीका भरिया मात्र भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

गत कात्तिक १४ गते स्रोत नखुलेको रु २१ लख ८७ हजार सीमापारिबाट ल्याउँदै गरेको अवस्थामा १६ वर्षीय भारतीय मूलका एक किशोरलाई प्रहरीले सीमानाका नजिकैबाट नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनलाई व्यावसायिक हुन्डी कारोबारीले प्रयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन दाहालले जानकारी दिएका छन् ।

हुन्डीका कारोबारी विवेक गुप्ता र मनोज साहले ती बालकलाई प्रयोग गरेर सीमापारिको कालोधन हुन्डीमार्फत भित्र्याउने प्रयास गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । गुप्ता र साह हाल फरार भएका छन् । सोही कारोबारमा विराटनगरका केही नाम चलेका उद्योगी-व्यवसायीको पनि संलग्नता रहेको र तिनै उद्योगी र व्यवसायीले भरियामार्फत हुन्डीको रकम ल्याउने र पु¥याउने गर्दै गरेको प्रहरीको आशंका छ ।

जिल्ला प्रहरीले स्रोत नखुलेको रु १९ लाख ९० हजारसहित सुनसरीका देवानगन्ज-५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई गत पुस ११ गते जोगवनी नाका नजिकको केशलिया मार्गवाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणपछि अनुसन्धान गर्दा साह जय माता टे«र्डस देवनगन्ज सुनसरीमा धान चालमको व्यापार गर्ने व्यापारी व्यावसायिक हुन्डी कारोबारी भएको पुष्टी भएको प्रवक्ता दाहालले बताएका छन् ।

केही समयअघि विराटनगर-१५ का धर्मानन्द साहलाई स्रोत नखुलेको रु चार लाख ७५ हजार र सोही ठाउँका रन्जीत साहलाई पनि स्रोत नखुलेको रु नौ लाख २० हजारसहित पक्राउ गरिएकामा दुवैजना हुन्डी कारोबारीका भरिया भएको पुष्टि भयो । अवैध हुन्डीको कारोबार गर्ने सुनसरी बर्जु-३ का २४ वर्षीय उमाकान्त रायलाई पनि गत असोजमा स्रोत नखुलेको रु १० लाखसहित परेका थिए । पक्राउ परेकाहरुलाई राजस्व अनुसन्धान कार्यालयमा बुझाउने गरिएको प्रवक्ता दाहालले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी