काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१३ कम्पनीको ६२ लाख ४१ हजार १ सय ७४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २४ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड १२ लाख २८ हजार ५ सय ६९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा हिमालयन उर्जा विकास कम्पनी, समाज लघुवित्त वित्तीय संस्था, बोटलर्स नेपाल (तराई), आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र मोलुङ्ग हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड १२ लाख २८ हजार ५ सय ६९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआइसी एशिया बैंक, पिपुल्स हाइड्रोपावर, सगरमाथा जल विद्युत कम्पनी, मोलुङ्ग हाइड्रोपावर र जोशी हाइड्रोपावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर ब जारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । पिपुल्स हाइड्रोपावरमा यस्तो गिरावट आउँदा हिमालयन हाइड्रोपावर, त्रिसुली जल विद्युत, हिमालयन ८०-२० र मैलुङ्ग खोला जल विद्युतमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्