Skip to content
LAXMI SUNRISE BANK

भरतपुर महानगर देशभरमै सबैभन्दा उत्कृष्ट पालिका घोषित

अर्थ सरोकार

काठमाडौँ । कार्यसम्पादनका आधारमा भरतपुर महानगरपालिका देशभरकै सबैभन्दा उत्कृष्ट पालिका बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको अनुसन्धानअनुसार देशभरका ६ महानगरमध्ये भरतपुर सबैभन्दा उत्कृष्ट पालिका बनेको हो ।

भरतपुर महानगरलाई आयोगले संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदानका लागि १० वटा सूचकका आधारमा उत्कृष्ट पालिका घोषणा गरेको हो ।

भरतपुर महानगर यसअघि पनि आर्थिक वर्ष २०७९/८० मा पनि कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट घोषित भएको थियो । आयोगले पालिकाको खर्च, बेरुजु, राजस्व लगायतका सूचकलाई आधार मानेर भरतपुरलाई उत्कृष्ट पालिक घोषणा गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK