Skip to content
LAXMI SUNRISE BANK

अव व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर १ प्रतिशत मात्रै हुनुपर्ने

अर्थ सरोकार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अव व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर १ प्रतिशत मात्रै कायम गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्र जारी  ब्याजअन्तर १ प्रतिशत मात्रै हुनुपर्ने जनाएको हो ।

‘संस्थागत मुद्दति निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ’ राष्ट्र बैंकको नियमन विभागले जारी गरेको परिपत्रमा उल्लेख गरिएको छ । सो व्यवस्था २०८० चैत १ गते देखि लागु हुने बैंकले जनाएको छ ।

हाल बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर, सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने ब्याजदरभन्दा कम्तिमा दुई प्रतिशतभन्दा कम दिँदै आएका छन् । सो व्यवस्थालाई संसोधन गर्दै राष्ट्र बैंकले नयाँ व्यवस्था लागु गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK