काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १४ करोड ८७ लाख ९७ हजार १ सय ७८ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा जोशी हाइड्रोपावर, समलिंग पावर, बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल (तराई) र ग्रामिण विकास लघुवित्तका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १४ करोड ८७ लाख ९७ हजार १ सय ७८ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा गुर्खाज फाइनान्स, जोशी हाइड्रोपावर, एनआइसी एशिया बैंक, ङ्गादि ग्रुप र सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर ब जारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । हिमालयन उर्जा विकास कम्पनीमा यस्तो गिरावट आउँदा बाराही हाइड्रोपावर पब्लिक, पिपुल्स हाइड्रोपावर, अपर स्याँगे हाइड्रोपावर र रावा इनर्जी डेभलपमेन्टमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्