×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकमा जागिर खुल्यो

PRIME CA
GLOBAL IME BANK

कृषि विकास बैंकमा जागिर खुल्यो

११ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कृषि विकास बैंकले ११२ जना कर्मचारीका लागि जागिर खुलाएको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै शाखा अधिकृतदेखि लेखापालसम्मको पदमा ११२ जना कर्मचारी माग गरेको हो ।

बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृत, १६ जना व्यवसाय सहायक, एक जना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापालका लागि दरखास्त आह्वान गरेको छ ।

बैंकले दरखास्त मागेका पदहरुमा योग्यता पुगेका इच्छुकहरुले चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत भर्न सकिनेछ । विभिन्न पदका लागि दरखास्त शुल्क भने फरकफरक तय गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: