Skip to content
LAXMI SUNRISE BANK

नागरिक उड्डयन प्राधिकरणमा जागिरको अवसर

अर्थ सरोकार

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ९८ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले रिक्त रहेका विभिन्न पदपूर्तीका लागि कर्मचारी माग गरेको हो ।

कर्मचारी मागसम्बन्धी सूचना जारी गर्दै प्राधिकरणले खुला तथा समावेशी लिखित परीक्षाबाट प्राविधिक र प्रशासनतर्फ ९८ जना कर्मचारी मागेको जनाएको छ । प्राधिकरणले ईलेक्ट्रिकल्स इन्जिनियरिङ समूहतर्फ एक जना उपनिर्देशक, आर्थिक प्रशासनतर्फ एकजना प्रबन्धक, एयर ट्राफिक सर्भिसेसतर्फ एकजना प्राविधिक, मेकानिकल इन्जिनियरिङतर्फ एकजना प्रबन्धक, प्रशासनतर्फ उपप्रबन्धक एकजना र एभिएशन फायर सर्भिसेसतर्फ एकजना प्राविधिक मागेको छ ।

त्यस्तै, प्राधिकरणले वरिष्ठ अधिकृतदेखि सहायकसम्मका लागि कर्मचारी मागेको छ । प्राधिकरणले माग गरेको विभिन्न पदका लागि इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् । प्राधिकरणले जारी गरेको सूचनाः 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK