Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकको सबै सेवा १२ घण्टाका लागि अवरुद्ध हुने

अर्थ सरोकार

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको सम्पूर्ण सेवा १२ घण्टाका लागि अवरुद्ध हुने भएको छ । एक सूचना जारी गर्दै बैंकले डाटा सेन्टर स्थानान्तरणका लागि आफ्ना सम्पूर्ण सेवा १२ घण्टाका लागि बन्द हुने जनाएको हो ।

बैंकका अनुसार बैंकका सम्पूर्ण सेवा फागुन ११ गते (शुक्रबार) राती ११ बजेदेखि फागुन १२ गते (शनिबार) बिहान ११ बजेसम्म बैंकका सम्पूर्ण बैंकिङ सेवा बन्द हुनेछन् ।

यसअवधिमा बैंकको मोबाइल बैंकिङ, एटिएम, डेबिट कार्ड, रेमिट, आईपीएस, आरटिजिएस लगायतका सेवा बन्द रहने बैंकले जनाएको छ । त्यस्तै, शनिबार बिदामा सञ्चालन हुने ‘होलिडे काउन्टर’समेत बन्द रहने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK