Skip to content
LAXMI SUNRISE BANK

बिरामी बोक्ने एम्बुलेन्समा गाँजा बोक्ने जयदेव पक्राउ

अर्थ सरोकार

काठमाडौं। एम्बुलेन्समा लागूऔषध गाँजा ओसारपसार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विराटनगर महानगरपलिका-८ का ४८ वर्षीय जयदेव चेललाई शनिबार साँझ धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट पक्राउ गरिएको हो ।

उनको साथबाट प्रहरीले ५२ केजी गाँजा बरामद गरेको छ । एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

धनकुटाबाट धरान आइरहेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर जाँच गर्दा लुकाएको अवस्थामा ५२ केजी गाँजा बरामद भएको थियो ।

केही दिनअघि पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरमा लुकाएर ठूलो परिणाममा गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK