Skip to content
LAXMI SUNRISE BANK

उड्न ठिक्क परेको यतिको इन्जिनमा समस्या, रनवेबाट पार्किङमा फर्काइयो

अर्थ सरोकार

काठमाडौँ । उड्न ठिक्क परेको यति एयरलाइन्सको विमानको इन्जिनमा अचानक समस्या देखिएको छ । सोमबार बिहान काठमाडौँदेखि विराटनगर उड्ने तयारीमा रहेको यति एयरको एनवाइटी ७८७ विमानको इन्जिनमा समस्या देखिएको हो ।

विमानस्थल स्रोतका अनुसार उडानका लागि रनवे (धावनमार्ग) पुगिसकेको विमानको इन्डिकेसनले इन्जिनमा समस्या देखाएको हो ।

उड्न लागेको विमानको इन्जिनमा अचानक समस्या देखिएपछि हाल रनवेमा पुगिसकेको विान पुनः विमानस्थलको पार्किङमा फर्काइएको छ । हाल विमानको प्राविधिक जाँच भइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK