Skip to content
LAXMI SUNRISE BANK

१४ किलो सुन तस्करी प्रकरणः प्लाटिनम कलेजका सञ्चालक पक्राउ

अर्थ सरोकार

काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका कलेज सञ्चालक पक्राउ परेका छन् । दुबईबाट गरिएको १४ किलो सुन तस्करी प्रकरणका ‘मुख्य नाइके’ भनिने प्लाटिनम कलेजका कार्यकारी प्रमुख जीवनकुमार गुरुङ पक्राउ परेका हुन् ।

सुन तस्करी प्रकरणमा संलग्नता पुष्टि भएसँगै फरार भएका गुरुङलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

यसअघि विभागले १४ किलो सुन तस्करी प्रकरणा पक्राउ परेका गोरखाका मीन घले र लमजुङका दानबहादुर गुरुङलाई योजनाकारका रुपमा राखेर अनुसन्धान गरेको थियो । तर, अनुसन्धानका क्रममा मीन घले र दाबहादुरलाई पनि जीवनकुमारले परिचालन गरेको खुलासा भएको थियो ।

जीवनकुमारको सुन ओसारपसारका लागि भरियालाई दुबई पठाउने, सुन ल्याउने र ल्याइएको सुन नेपाल हुँदै दिल्लीसम्म पुर्याउने काममा संलग्नता देखिएको विभागले अनुसन्धानबाट खुलेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK