×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्युजिल्याण्ड पठाइदिने भन्दै १२ लाख ७० हजार ठग्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

न्युजिल्याण्ड पठाइदिने भन्दै १२ लाख ७० हजार ठग्ने दुई जना पक्राउ

१४ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारका लागि न्युजिल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख ७० हजार ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय रमेश गुरुङ र ३० वर्षीय गंगा गुरुङ रहेका छन् ।

उनीहरुले विभिन्न व्यक्तिहरुलाई न्युजिल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङको काम लगाईदिने र आकर्षक तलब सुबिधा हुने प्रलोभन देखाएर रकम ठगी गरेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई फागुन १३ गते काठमाडौं महानगरपालिका वडा नं. ०४ चण्डोलबाट पक्राउ गरेको  हो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी