×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन सीईओ तुल्सीराम गौतम पनि पक्राउ, चिफ क्रेडिट अफिसर लगायत पनि समातिए

PRIME CA

सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन सीईओ तुल्सीराम गौतम पनि पक्राउ, चिफ क्रेडिट अफिसर लगायत पनि समातिए

१५ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बैंकिङ कसुरमा सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन सीईओ तुल्सीराम गौतम पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुरमा गौतमलाई पक्राउ गरेको हो ।

सीआईबीले गौतमसँगै सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारीलाई पनि पक्राउ गरेको छ । यस्तै, प्रहरीले दिलिप बराल, दिपेश प्रधान र रमण श्रेष्ठलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका बराललाई तल्कालीन सीईओ तुल्सीराम गौतले माछापुच्छ्रे बैंकबाट सेञ्चुरीमा ल्याएका थिए । उनी बैंकको रिस्क हेडका रुपमा कार्यरत थिए ।

यता पक्राउ परेका दिपेश प्रधान नेपाल राष्ट्र बैंकको पूर्व डेपुटी गभर्नर शिवराज श्रेष्ठका आफन्तसमेत हुन् । त्यस्तै, प्रहरीले पक्राउ गरेका रमण श्रेष्ठ तत्कालीन सेञ्चुरी बैंकको बागमती प्रदेश प्रमुखका रुपमा कार्यरत थिए । त्यस्तै, सोही प्रकरणमा सीआईबीले सविन घिमिरे, अनुपमा श्रेष्ठ प्रधान, सुवास बहादुर श्रेष्ठ र सुनिल बस्नेत राजेश भण्डारीलाई पनि पक्राउ गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंकमा हुँदा कम धितो राखेर बढी ऋण प्रवाह गरेको पाइएपछि सीआईबीले उक्त प्रकरण अनुसन्धान गरिरहेको थियो । सोही क्रममा उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीको अनुसन्धानबाट पक्राउ परेको तत्कालीन सीईओसहितले तत्कालीन समयमा रवीन्द्र चौलागाईं सञ्चालक रहेको पूजा मार्केटिङ प्रा.लि, उनकी श्रीमती पूजा खत्री सञ्चालक रहेको पूजा ट्रेडिङ्स एण्ड मार्केटिङ कम्पनी र रवीन्द्र र पूजा नै सञ्चालक रहेको थ्री ब्रदर्श मार्केटिङ प्रालिका नाममा ऋण प्रवाह गरेको पाइएको छ । सीआईबी स्रोतका अनुसार यी बाहेक रवीन्द्र नै सञ्चालक रहेको अन्नपूर्ण डिस्टिलरी प्रलिको नाममा पनि कम धितो राखेर बढी ऋण प्रवाह गरेको भेटिएको छ ।

त्यस्तै, उक्त प्रकरणमा सीआईबीले सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेलाई यसअघि नै पक्राउ गरिसकेको छ । हाल सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंकमा गाभिईसकेको छ । हाल सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंकमा गाभिईसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: