×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तत्कालीन सेञ्चुरी बैंक घोटाला प्रकरणः तत्कालीन प्रदेश प्रमुख श्रेष्ठ पनि पक्राउ, म्याद थपका लागि अदालत लगिँदै

PRIME CA

तत्कालीन सेञ्चुरी बैंक घोटाला प्रकरणः तत्कालीन प्रदेश प्रमुख श्रेष्ठ पनि पक्राउ, म्याद थपका लागि अदालत लगिँदै

१५ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कम धितो राखेर बैंकबाट धेरै ऋण प्रवाह गरेको आरोपमा सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रदेश प्रमुख रमण श्रेष्ठ पनि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको बागमती प्रदेश प्रमुख श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीसँगै सीआईबीले बैंकका तत्कालीन सीईओ तुल्सिराम गौतम र मनोज न्यौपानेलाई पनि पक्राउ गरेको छ ।

उक्त प्रकरणमा बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन रिस्क हेड दिलिप बराल र दिपेश प्रधान पनि पक्राउ परेका छन् । त्यस्तै, सोही प्रकरणमा सीआईबीले सविन घिमिरे, अनुपमा श्रेष्ठ प्रधान, सुवास बहादुर श्रेष्ठ र सुनिल बस्नेतलाई पनि पक्राउ गरेको छ । हाल उनीहरुलाई म्याद थपका लागि अदालत लैजाने तयारी गरिएको सीआईबी स्रोतले जनाएको छ ।

सीआईबीको अनुसन्धानबाट पक्राउ परेको तत्कालीन सीईओसहितले तत्कालीन समयमा रवीन्द्र चौलागाईं सञ्चालक रहेको पूजा मार्केटिङ प्रा.लि, उनकी श्रीमती पूजा खत्री सञ्चालक रहेको पूजा ट्रेडिङ्स एण्ड मार्केटिङ कम्पनी र रवीन्द्र र पूजा नै सञ्चालक रहेको थ्री ब्रदर्श मार्केटिङ प्रालिका नाममा ऋण प्रवाह गरेको पाइएको छ । सीआईबी स्रोतका अनुसार यी बाहेक रवीन्द्र नै सञ्चालक रहेको अन्नपूर्ण डिस्टिलरी प्रलिको नाममा पनि कम धितो राखेर बढी ऋण प्रवाह गरेको भेटिएको छ ।

तत्कालीन सेञ्चुरी कमर्सियल बैंक करिब १० अर्बको बैंक थियो । सो मध्ये २ अर्बभन्दा बढी ऋण डुब्ने खतरा छ । हाल सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंकमा गाभिईसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: